search

spot_img
spot_img

भारत लैजाँदै गरेकी युवतीसहित एक युवक पक्राउ

पढ्न छुटाउनुभयो ?

बारा, ३१ वैशाख । बाराकी एक २० वर्षीया विवाहित युवतीलाई प्रलोभन देखाएर भारतको दिल्लीस्थित वेश्यालयमा लैजाँदै गरेका एक युवक पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेन्टाका २४ वर्षीय सुरज गुप्ता हुन्। प्रारम्भिक अनुसन्धान अनुसार उनले युवतीलाई आफ्नी सानी आमाले सञ्चालन गर्दै आएको दिल्लीस्थित यौन व्यवसायमा संलग्न गराउने उद्देश्यले भारत लैजाँदै गरेको खुलेको छ।
गुप्तालाई भारतको बिहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको जमुनियाबाट भारतीय शसस्त्र सिमा बल (एसएसबी) को टोलीले मंगलबार राति नियन्त्रणमा लिएको हो। उनलाई रौतहटसँग जोडिएको सिमानाबाट लैजाँदै गर्दा एसएसबीले शंका लागेर सोधपुछ गर्दा उनले फरक–फरक बयान दिएका थिए। कडाईका साथ सोधपुछ गर्दा उनले वास्तविक उद्देश्य स्वीकार गरेका थिए।
पक्राउ परेपछि भारतीय एसएसबीले उनलाई रौतहट प्रहरीमार्फत बारा प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायले जानकारी दिए। डीएसपी रायका अनुसार उनीहरूको घर बारा जिल्लामा परेको हुँदा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा जिम्मा दिइएको छ।
यस घटनाले महिला तथा बालिका तस्करीको समस्या अझै पनि गम्भीर रहेको संकेत गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads