search

spot_img
spot_img

रक्त आपूर्ति जीवन र मृत्युको सिमानामा निर्णायक हुनसक्ने– उपराष्ट्रपति यादव

पढ्न छुटाउनुभयो ?

वीरगज,३१ बैशाख/ उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रक्त आपूर्ति जीवन र मृत्युको सिमानामा निर्णायक हुन सक्ने बताउनु भएको छ । बाराको प्रादेशिक अस्पताल, कलैयामा ब्लड बैंक भवनको उदघाटन गर्दै उनले ब्लड बैंकको स्थापना जिल्लावासीका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो । उपराष्ट्रपतिले बाराको स्वास्थ्य सेवा प्रणालीमा महŒवपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले ब्लड बैंकको सेवाको पहुँच, गुणस्तर र पूर्वाधार सुदृढीकरणतर्फ ध्यान दिन आग्रह गरे । उहाँले सरकारी तथा निजी क्षेत्रले समन्वय गरेर जनताको स्वास्थ्य सुनिश्चित गर्न निरन्तर प्रयास गर्नुपर्नेमा पनि जोड दिनुभयो । छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशिक अस्पतालको सहकार्यमा नवनिर्मित ब्लड बैंक आजदेखि सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्ति पनि खटाइएको बताए । कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह, प्रतिनिधीसभा सदस्य किसान श्रेष्ठ, पूर्व सांसद प्रमोद गुप्ता, कलैया महानगरपालिकाका मेयर विनोद साह लगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads