धोबिनीको आगलागीमा लाखौंको क्षति

पोखरिया,३१ बैशाख ।

पर्साको धोबीनी गाउँपालिका–५ सानो धोबीनीमा आज दिउँसो आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

 

ईलाका प्रहरी कार्यलय लंगडीले दिएको जानकारी अनुसार आगलगीमा परि  तीन वटा बाख्राको जलेर मृत्यु भएको प्रहरीको भनाई छ । आगलागीको कारण बिद्युत शॉर्किट भएर आगो फैलिएको आशंका गरिएको छ । आज दिनभरीको प्रचण्ड गर्मी तथा तेज गतिको कारण आगो निभाउन समस्या परेको थियो । जलेको घरसँगै अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायत दैनिक उपभोग्य सामग्रीहरू समेत पूर्ण रूपमा नष्ट भएको प्रहरीको भनाई छ । कुल क्षतिको विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित पोस्टहरुः