search

वीरगंजमा विहानी कक्षा सञ्चालनको लागि निर्देशन

पढ्न छुटाउनुभयो ?

 वीरगज, ३१ बैशाख ।

बढदो अत्यधिक गर्र्मीका कारण पठनपाठनमा कठिनाइ भईरहेको भन्दै वीरगंज महानगरपालिकाले विद्यालयको समय परिवर्तन गरेको छ । महानगरले आज एक प्रेश बिज्ञपति जारि गरिदै महानगर भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बिहान ६ बजेबाट शिक्षण सिकाइ कार्य सञ्चालन गर्नुपर्ने निर्देशन दिएको छ ।

 

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार, २०८२ जेठ १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नयाँ समयतालिका लागू हुने  बताएका छन । दिउँसोको समयको चर्को गर्र्मीले विद्यार्थी तथा शिक्षकहरूलाई स्वास्थ्य जोखिम हुने भएकाले यो निर्णय गरिएको जनाइएको छ । महानगरपालिकाले सबै विद्यालयलाई तोकिएको समयभन्दा कम समय शिक्षण कार्य नगर्न समेत निर्देशन दिएको छ । यो निर्णयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा र पठनपाठनको निरन्तरतामा सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box

ताजा खबर

मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, डा. कर्ण नयाँ प्रदेश प्रमुख सिफारिस

मधेश , कार्तिक -२५ सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। पदीय गरिमाविपरीत होटलमा एमाले संसदीय दलका...

सम्बन्धित खबर

- Advertisement -neelambads