महिला सामुदायिक स्वयम सेवीकाहरूलाई प्रोत्साहन स्वरुप मोबाईल प्रदान

1200x150_1200x150-01.jpg (1)

प्रस,वीरगंज,३१ वैशाख

शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र नगवा १६ले वडामा कार्यरत महिला सामुदायिक स्वयम सेवीकाहरूलाई एक एक थान मोबाईल सेट प्रोत्साहन  स्वरुप प्रदान गरेको छ । स्वास्थ्य प्रबद्र्धन केन्द्रका प्रमुख अरुण यादवको पहलमा उपलब्ध भएका मोबाईलहरु वीरगञ्ज महानगरपालिका वडा नं. १६का वडाअध्यक्ष पर्शुराम चौरसियाले बुधबार हस्तान्तरण गर्नु भयो । स्वयम् सेवीकाहरू निकै कम ज्यालामा काम गर्ने गरेकोले प्रोत्साहनका लागि मोबाईल बितरण गरिएको केन्द्रका प्रमुख यादवको भनाई छ ।

 

मोबाईल प्राप्त गर्नेमा महिला सामुदायिक स्वयम् सेवीकाहरू सरिता देवी कर्ण,निलम साह, अनिता कुमारी,रिङक्की कुमारी,कल्पना बिष्ट रहेका छन । वडाका विभिन्न टोलहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम सेवीकाहरू निरनतर सक्रिय रहने भएकोले उनीहरु सग सहकाय गर्न सजिलो हुने केन्द्रका प्रमुख यादवले बिश्वास लिएका छ्न ।

सम्बन्धित पोस्टहरुः