search

spot_img
spot_img

घण्टाघरको मर्मतसम्भार कार्य अलपत्र अवस्थामा

पढ्न छुटाउनुभयो ?

वीरगंज,३१ वैशाख ।

वीरगंजको पहिचानको प्रतीक मानिने ऐतिहासिक घण्टाघरको मर्मतसम्भार कार्य अलपत्र अवस्थामा पुगेको छ । फागुन ७ गते बाल्कोनीको भाग भत्किएपछि सुरक्षाको लागि घुम्टोले ढाकिएको घण्टाघरको मर्मत अझै पूरा हुन सकेको छैन । अब तीन महिना पुग्न लाग्दा पनि मर्मत कार्य नसकिएकोप्रति वीरगंजवासीले गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । स्थानिय बासिन्दा र पर्यटकहरू घण्टाघरको ढाकिएको स्वरूप देखेर निराश छन् ।

विदेशी तथा स्वदेशी पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र मानिने यो स्मारक लामो समयसम्म घुम्टोभित्र रहँदा वीरगंजको प्रतिष्ठामा समेत आँच पुगेको जनाइएको छ । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पुरानो संरचना भएका कारण मर्मतमा समय लागेको जानकारी दिए ।

“हामी व्यवसायीलाई चाँडो काम सक्न ताकेता गरिरहेका छौं,” उनले भने । पूर्वाधार महाशाखाका इञ्जिनियर गौरव झाले अकासे पानीको निकास नहुँदा बाल्कोनीमा क्षति पुगेको बताए।

“क्र्याक आएको छ, इँटा खस्न थालेको छ,” उनले भने, “हामी बाल्कोनीको छानालाई फोरेर मर्मत कार्य अघि बढाइरहेका छौँ।” उनका अनुसार घण्टाघरको समस्या पहिचान गर्न र लागत इष्टिमेट तयार गर्नैमा पनि समय लागेको हो। स्काफोल्डिङ तयार पार्न र उचाइमा काम गर्न प्राविधिक जनशक्ति व्यवस्थापनमा कठिनाइ आएको उनले बताए। हाल ५० देखि ६० फिट उचाइमा मर्मत कार्य भइरहेको जानकारी दिँदै इञ्जिनियर झाले अझै डेढ महिनाभन्दा बढी समय लाग्ने बताए। “तल्लो संरचनामा क्षति नहोस् भनेर पनि सावधानी अपनाउँदा मर्मत कार्य ढिलो भएको देखिएको हो,” उनले भने । वीरगञ्जवासी र सरोकारवालाहरूले ऐतिहासिक सम्पदाको शीघ्र मर्मत र संरक्षणको माग गर्दै महानगरसँग थप जवाफदेहिताको अपेक्षा गरेका छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads