search

spot_img
spot_img

दुलही सिमाको विवाह भाडियो,दुलहा प्रहरी नियन्त्रणमा

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, ३१ वैशाख ।

पर्सा,धोबिनी–३ हरिहरपुरस्थित जापाल राउत कुर्मीको २१ वर्षिय छोरी सिमा कुमारीको विवाह भाडिएको छ। गत वैशाख २८ गते धोबिनी–२ भिखमपुर पिपराबाट सिमाको घरमा जन्ती आएको थियो । खेदु राउत कर्मुीका २३ वर्षिय श्रीराम राउत कुर्मीसंग सिमाको विवाह तय भएको थियो ।

 

बेहुला पूणर्् रुपमा मादक पदार्थ सेवन गरी विवाहका लागि पुगेकोले विवाहको सिन्दुर दानको बेला विवाद पर्दा बेहुली र बेहुलीको आमालाई कुटपिट गरेपछि मारपिट शुरु भएको थियो । झगडा शुरु भएपनि बेहुलाको बुवा र जन्ती टाप कसेर भागेका थिए भने केटी पक्षले बेहुलालाई घरमै रोके । सिमाको विवाहमा भएको सम्पूर्ण खर्च केटा पक्षले नदिए सम्म जान नदिने उनीहरुको आडान छ ।

 

यसै सन्दर्भमा ईलाका प्रहरीक ार्यालय लंगडी र पोखरीयाले अनुसन्धन गरिएको छ । बेहुला श्रीराम राउत कुर्मी अहिले ईलाका प्रहरी कार्यालयपोखरीयाका नियन्त्रणमा रहोक छन् भने केटा र केटी पक्ष वीच क्षतिपूर्तिको विषयमा शुक्रवार विहान १० बजे ईप्रका लंगडीमा छलफल राखिएको जनाइएको छ । दुलही पक्षले विवाहमा ६ लाख दाईजो केटा पक्षलेलिएको र ६लाख खाना नास्तामा खर्च भएकोले करिब १२ लाख माग गरेको छ । अन्यथा कानुनी उपचार खोज्ने मागगरेको छ  भने केटा पक्षले रु ६ लाख दिने भनी आश्वासन दिइरहेका छन् ।

 

यसै विषयमा आज ईलाका प्रहरी कार्यालय पोखरीया बाहिरको बगैचामा भएको छलफलमा केटा पक्षले हातपात गर्दा केटी पक्षका दुई जना घाइते समेत भएको केटीका बुवा जपाल राउत बताउँछन् । केटी पक्षले अधिकारकर्मीर स्थानीय प्रशासनसंग न्यायको लागि अपिल गरेको छ । यस विषयमा ईलाका प्रहरी कार्याल्य पोखरीयका सुवर्ण शर्मासंग बुझ्दा आफुहकहा हाल सम्म जोहरी नआएको र जोहेरी आए आवश्यक कारवाही अघि बढाउने बताए भने अर्को तर्फ केटी पक्षले जोहेरी दिदाँ समेत पोखरीयामा दर्ता हुननसकेको गनुासो गरेको छ । यो घटनामा काँग्रेसका ठुलाबाडा नेताहरुले चलखेल गरिएको समेत केटी पक्षले आरोप लगाएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads