search

spot_img
spot_img

किट कलेजमा नेपाली बिद्यार्थी मृत्यु प्रकरण

घटना दवाउन वीरगजमा कलेजको दुत परिचालन

पढ्न छुटाउनुभयो ?

वीरगज,१ जेठ  ।
भारत उडिया राज्यको भुवनेश्वरमा रहेको कालिगा ईन्स्चुट अफ टेक्लोनोजी ( केआईआई टी )मा अध्ययनरथ एकजना नेपाली युवतीको शंस्सपद मृत्यु प्रकरणलाई नेपालका रहेका केही संघसंस्थाहरु दवाउन खोजी रहेको आरोप परिवारजनले लगाएका छन । हुनत उडिया राज्यको प्रहरीले न्यायीक छनबिनका लागी प्रहरी ईस्पेकटरको नेतृत्वमा टोली बनाई काम गरिरहेको जानकारी प्राप्त भएको छ । घटनामा समल्गन अहिलेसम्म एकजना बिद्यार्थी देहरादुनबाट पक्राउ परेको बुझिएको छ ।
सो कलेजमा भारत बाहेक नेपालका अधिकास बिद्यार्थीहरु अहिले अध्ययनरथ रहेका छन । नेपाली बिद्यार्थीहरु बिच अत्यधिक लोक प्रिय कलेजको रुपमा परिचत छन । त्यो कलेजले नेपालका बिभिन्न शहरहरुमा आफना दलालहरु राखेर आफनो कलेजमा बिद्यार्थीहरु भर्ना गराउने गरेका छन । वीरगज लगायत आसपासको क्षेत्रमा ती कलेजको नाम बदनाम नहोस भन्दै ददालहरु सक्रिय भएका छन । सर्लाही कबिलासी नपा ८ निवासी हाल वीरगज भिस्वाटोलमा बस्दै आएका स्वास्यकर्मी श्यामप्रसाद कलवारको छोरी प्रीसा साहको सो कलेजको हेस्टलमा बैशाख १८ गतेराती ८ बजे शंकास्पद मृत्यु भएको थियो । परिवारले मृतकको शवलाई पुरीमा लगी अन्तिम संसाकार गरि सकेका छन । केही महिना अगाडी नेपाल कै एक युवती झुन्डिर आत्महत्या गरी सकेका छन । उती बेलाको अवस्थामा सिगो नेपालका बिभिन्न बिद्यार्थीस)गठन लगाएत सरोकारवालाको चासोको बिषय बन्नेको थियो । उती बेला देखी किट कलेजप्रति नेपाली अभिभावक तथा बिद्याथीहरु प्रति नकरात्मक भवना श्रृजना हुदै आएको छ । पछिलो घटनाको बिषयलाई लिएर अहिले सो कलेजमा बिद्यार्थीहरु जान मन्नेका छैन । कलेजले वीरगज केही कलेजहरुलाई आफनो बाउन्सरको रुपमा प्रयोग गरिदै आएको बुझिएको । किट कलेजको बिरुधमा बोल्नका लागी अहिले वीरगजका केही कजेजहरु लाखौ रुपैया खर्च गरिहेको प्रहरी स्रोतले बताएका छन ।
सोही कारण वीरगज निवासी प्रीसा साह कालवारको मृत्यु प्रकरण ओझेलमा परेको अभिभावकहरुको आरोप रहेको छ । मृतक साह सो कलेजमा ब्याचर अफ कम्पुटर साईन्स बिषयमा पढन १ बर्ष अघि सो कलेजमा भर्ना भएका थिईन । उनको मृत्यु प्रकरणको पक्षमा वकालत गर्न पर्साका सुरक्षा निकालय देखी सरोकारवालाहरु मौन बस्नु नै मुद्या लुकाउन मृतकका बुवा श्याम प्रसाद कलवारको भनाई थियो । कलवारका अनुसार पढनमा अति नै तेज छोरीको अचान मृत्युको कुरा सुनेर सबै परिवार शोकमा छन ।

प्राप्त जानकारी अनुसार कलेजले वीरगजमा दुईजना प्रतिनिधीहरु पठाएको छ । भर्ना अभियान नसकेसम्म वीरगजमा कलेजको बिरुधमा सबै गतिबिधीमा रोक लगाईरहेका छन । कलेजले वीरगज पैसाको खोलो बगाएको स्रोतको भनाई छ । सोही कारण वीरगजका बिभिन्न संगठनहरु मौन बसेका छन । मृतकका बुवा कलवारका अनुसार सो कलेजमा बिगत केही बर्षयता देखी बर्षमा ६÷७ जना बिद्यार्थीहरुको मृत्यु हुने गरेका छन । केटाभन्दा केटीेको मर्ने संख्या बढी छ, आफु थाहा पाए जबसम्म छोरीको भर्ना सो कलेजमा गरि सकेका थिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads