search

spot_img
spot_img

भाँडिएको बिवाह ५ लाखमा मिलाए पंचहरु

पढ्न छुटाउनुभयो ?

वीरगज,१ जेठ ।
धोबिनी गापा ३ हरिहरपुर निवासी जपाल राउत कुर्मीकी २१ वर्षींया छोरी धोबिनी २ भिखमपुर पिपरा निवासी खेदु राउत कुर्र्मीका २३ वषींया छोरा श्रीराम राउत बिच हुन लागेको बिवाह अन्ति चरणमा भाडिएपछि आज स्थानिय पंचहरु दुवै पक्ष बिच सहमती गराएका छन । निर्वाचत जनप्रतिनिधी तथा स्थानिय पंचहरुले दुवै पक्षलाई बसाई केटीपक्षमा खर्च वापत रु ५ लाख दिने,दुवैपक्षले आआफनो छोरीछोराको बिवाह आफु खुशी अन्यत्र गर्ने, प्रहरी नियन्त्रमा रहेका दुल्हालाई परिवारको जिम्मा लगाउने सहमती भएको समाचार प्राप्त भएको छ । ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा २८ गते दुल्हा रहेको थियो । आज थुना मुक्त भएका छन । त्यस्ता अपराधी मनोबृती भएका व्यक्तिहरुर्लाइ कारवाही गर्न प्रहरीसंग प्रयाप्त प्रमाण रहेपनि राजनिती दवावमा मुद्या मिलाएको बुझिएको छ ।दुल्हालाई गैर कानुनी तरिकाले ४ दिनसम्म थुनामा राखी बिना कारावही छोडनु प्रहरीको नियत माथी शंका उब्जिएको छ ।

घटना विवरण अनुसार बैशाख २८ गते हरिहरपुरमा जन्ती लिएर दुल्हा आएका थिए । बिवाहको सबै प्रक्रिया नियम अनुसार हुदै थियो । अन्ति चरण विवाहमण्डपमा बेहुला पूर्णरूपमा मादक पदार्थ सेवन गरी पुगेकाले सिन्दूर दानको बेला विवाद हुँदा बेहुलीकी आमालाई कुटपिट गरिएपछि मारपिट शुरू भएको थियो । झगडा शुरू भएपछि बेहुलाका बुबा र जन्ती भागेका थिए भने केटी पक्षले बेहुलालाई घरमै रोकेका थिए । सम्पूर्ण खर्च केटा पक्षले नदिएसम्म बेहुलालाईजान नदिने उनीहरूको अडान थियो । सोही बेला इलाका प्रहरी कार्यालय लङ्गडीको टोलीले दुल्हालाई नियन्त्रमा लिई र ईलाका प्रहरी कार्यलय पोखरियाको जिम्मा लगाएको थियो । दुलही पक्षले नगद छ लाख दाइजो दिएको र छ लाख खानानास्तामा खर्च भएकोले १२ लाख माग गरिएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads