search

पटेलनगरमा पिपिएल शुरु

पढ्न छुटाउनुभयो ?

परवानीपुर,३ जेठ ।

वीरगंज–२१ पटेलनगरमा आजदेखि पटेलनगर प्रिमियर लिग(पिपिएल) शुरु भएको छ । नेपाल कारखाना मजदुर श्रमिक संघ मधेशप्देशका अध्यक्ष केदार पटेलले प्रतियोगिताको उद्घाटन गरे ।

 

सुखचैनाको खेलमैदानमा आयोजित प्रतियोगिताको आजको पहिलो खेलमा पटेलनगर वारियर पटेलनगर सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । टस जिति सुपर किङ्सलाई ब्याटिङको निम्तो दिएको वारियरले ९ दशमलव ३ ओभरमै सुपर किगको १० विकेट चटकायो ।

 

त्यति बेला सुपर किग मात्र ६१ रनमै समेटियो । निर्धारित १२ ओभरको खेलमा ६२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको वारियरले १० दशमलव ३ ओभरमा ६२ रन बनाएर जित्यो । उक्त खेलको उत्कृष्ट खेलाडी पटेलनगर वारियरका सन्जय पडित घोषित भएका छन् । तीन महिना अघि लिलामीबाट ४ वटा टिम खडा गरी उक्त प्रतियोगिता भइरहेको छ । जेठ ३ देखि ९ गते सम्म उक्त प्रतियोगितामा पटेलनगर बोल्ट्स र एभेन्जर्स अफ पटेलनगर गरी कुल ४ टिम छन् । 

आजको उद्घाटन सत्र एभेन्जर्स अफ पटेलनगरका मालिक राजेश पटेलको अध्यक्षतामा भएको थियो भने आईतवार दिउँसो ३ बजेदेखि पटेलनगर बोल्ट्स र एभेन्जर्स अफ पटेलनगर वीच हुने जनाइएको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads