search

spot_img
spot_img

विद्यार्थीहरु मर्कामा छैन कसैको ध्यान

पढ्न छुटाउनुभयो ?

प्रमोद यादव,पाचगावा,३ जेठ ।

पर्सा,पटेर्वासुगौली गाउँपालिका–४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौली दापमा विगत डेढ महिनादेखि विद्युत सेवा अवरुद्ध हुँदा पठनपाठनमा गम्भीर असर परेको छ । विद्युत लाइन नहुँदा विद्यालयका कक्षाहरुमा पङ्खा नचल्ने, कम्प्युटर लैब बन्द रहने जस्ता समस्या देखिएको छ । विद्यालय भवन कर्कट पाताले छाएको हुँदा गर्मीयाममा भित्रको तापक्रम अत्यधिक बढ्ने गरेको छ । विद्युत नहुँदा पङ्खा नचलेको कारण विद्यार्थीहरू छाला चिलाउने, घमौरा आउने लगायतका समस्या आउन थालेको छ । यसले नियमित पढाइमा बाधा पुग्नुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा पनि असर परन सकने शिक्षकहरु बताउँछ । विद्यालयमा झण्डै १५–२० वटा कम्प्युटर राखिएको कम्प्युटर प्रयोगशाला भएतापनि कम्प्युटर सञ्चालन हुन नसक्दा विद्यार्थीहरू प्रविधि शिक्षाबाट वञ्चित भएका छन् । प्रविधि मैत्री शिक्षाको आवश्यकता बढिरहेको अवस्थामा विद्युतीय माध्यमबाट पठनपाठन गराउने विद्यालयको प्रयास पनि ठप्प भएको छ । विद्यालय प्रशासनका अनुसार, विद्युत प्राधिकरणको पाँच लाख रुपैयाँभन्दा बढीको बक्यौता तिर्न बाँकी रहेको कारण विद्युत सेवा काटिएको हो । यस विषयमा विद्यालय व्यवस्थापन समितिले पटेर्वा सुगौली गाउँपालिकासँग विद्युत महसुल तिर्न र सेवा पुनः सञ्चालन गर्न अनुरोध गरेको छ ।

विद्यालय प्रशासनले स्थानीय तहको सक्रियता बिना विद्यार्थीहरूको भविष्य अन्योलमा पर्ने सकने बताएकाछ । “हामीले पालिकासँग पटक–पटक अनुरोध गरिरहेका छौं, शिक्षा जस्तो संवेदनशील क्षेत्रमा तत्काल ध्यान दिन जरुरी छ,“ विद्यालय स्रोतले जनाएको छ । यस विषयमा गापा अध्यक्ष चौधरीसंग कुरा कानी गर्दा उनले यस विषयमा विद्यालयका मिटर खराब भएकोले चडौ मरम्त गर्ने निर्देशन दिएको र हाल सम्म नभएको कुरा दुख भएको जानकारी गराउदै चाडै विजुली सेवा सूचारु गराउने प्रतिबद्धता जनाए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads