विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने

वीरगंज, ५ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना अभियानको विरोधमा आन्दोलन गर्दै क्याम्पस प्रमुखलगायतलाई थुनेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरू सोमवार रिहा भएका छन् । स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेल रिहा भएपछि उनीहरुलाई विद्यार्थीहरुले क्याम्पस परिसरमा फूलमाला लगाएर स्वागत गरेका थिए । विद्यार्थी […]

इभी सेवा स्मार्ट शहर निर्माणमा महत्वपूर्ण कदम– नगरप्रमुख सिंह

वीरगंज, ५ जेठ । वीरगंजदेखि पथलैयासम्म चल्ने सुविधासम्पन्न एसीसहितको वातावरणमैत्री इलेक्ट्रिक भ्यान (ईभी) सेवाको वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् । सोमवार वीरगंजमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख सिंहले २१ वटा नयाँ ईभी भ्यानहरूको सेवा उदघाटन गरेका हुन् । नारायणी यातायात कम्पनी प्रालिको वीरगंज–पथलैया रूट व्यवस्थापन उपसमितिको पहलमा शुरू गरिएको २१ वटा इभी भ्यानहरुले […]

वीरगंज र तुलसीपुरबीच न्यायिक प्रणालीबारे छलफल

वीरगंज, ५ जेष्ठ । तुलसीपुर उपमहानगरपालिकाको प्रतिनिधिमण्डलले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा वीरगंज महानगरपालिकाको अध्ययन भ्रमण गरेको छ । आज न्यायिक समिति, मेलमिलाप प्रक्रिया तथा ‘उज्यालो र सफा वीरगंज’ अवधारणाबारे उनीहरुले छलफल समेत गरेको छ। वीरगंज महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक इम्तियाज आलम र तुलसीपुरका उपप्रमुख स्यानी चौधरीले न्यायिक समितिको कार्यप्रणाली, केस व्यवस्थापन र मेलमिलाप […]

अपांगलाई कृत्रिम खुट्टा वितरण

वीरगंज, ५ जेठ । बारा जिल्ला निवासी बक्शिश मियाँ अंसारीलाई रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरले आज कृत्रिम खुट्टा प्रदान गरेको छ। रोटरी क्लब वीरगंजका अध्यक्ष निर्मल खत्रीले अपांगता भएका नागरिकहरूलाई नयाँ जीवन दिन कृत्रिम खुट्टा प्रदान गरेको बताए । रोटरी क्लब वीरगंजद्वारा सञ्चालित कृत्रिम खुट्टा वितरण अभियानमा हालसम्म सयौं व्यक्तिहरू लाभान्वित भइसकेको अध्यक्ष खत्रीले […]

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ : नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ […]