search

अपांगलाई कृत्रिम खुट्टा वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ जेठ । बारा जिल्ला निवासी बक्शिश मियाँ अंसारीलाई रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरले आज कृत्रिम खुट्टा प्रदान गरेको छ। रोटरी क्लब वीरगंजका अध्यक्ष निर्मल खत्रीले अपांगता भएका नागरिकहरूलाई नयाँ जीवन दिन कृत्रिम खुट्टा प्रदान गरेको बताए । रोटरी क्लब वीरगंजद्वारा सञ्चालित कृत्रिम खुट्टा वितरण अभियानमा हालसम्म सयौं व्यक्तिहरू लाभान्वित भइसकेको अध्यक्ष खत्रीले बताए । एकवटा अप्राकृतिक खुट्टा प्रत्यारोपणमा करिब १६ हजार खर्च हुने भए पनि रोटरी क्लब वीरगंजको पहलमा प्रयासले अपांगता भएका व्यक्तिहरूले निःशुल्क खुट्टा पाउँदा उनीहरुको जीवनमा आशाको ज्योति बाल्ने कार्य भएको कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रममा समाजसेवी हरि नारायण काबरा ‘अन्नपूर्ण काबरा’ले रोटरी क्लबलाई एक लाख रुपियाँ आर्थिक सहयोग पनि प्रदान गरेका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads