search

spot_img
spot_img

विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना अभियानको विरोधमा आन्दोलन गर्दै क्याम्पस प्रमुखलगायतलाई थुनेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरू सोमवार रिहा भएका छन् । स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेल रिहा भएपछि उनीहरुलाई विद्यार्थीहरुले क्याम्पस परिसरमा फूलमाला लगाएर स्वागत गरेका थिए । विद्यार्थी नेताहरूले क्याम्पसमा भइरहेको फर्जी भर्ना प्रक्रियाविरूद्ध निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै थालेको आन्दोलनलाई निरन्तरता दिने बताए । शिक्षामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न आवाज उठाएका छौं, क्याम्पस प्रशासनले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने स्वतन्त्र युवा समूहका गुप्ताले बताए । विद्यार्थी संगठनहरूले छानबिन प्रक्रिया निष्पक्ष नभएसम्म आन्दोलन जारी राख्ने जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads