search

पिपिएल अपडेटःपटेलनगर बोल्ट्सको शानदार जित

पढ्न छुटाउनुभयो ?

परवानीपुर,५ जेठ ।
वीरगंज–२१ पटेलनगरमा सञ्चालित पटेलनगर प्रिमियर लिगमा आज भएको खेलमा पनि पटेलनगर बोल्ट्स विजयी भएको छ । पटेलनगर सुपर किंगलाई ४४ रनले पराजित गर्दैै विजयी भएको छ । पटेलनगरको मैदानमा भएको आजको खेलमा टस जिति पहिले ब्याटिङको निम्तो पाएको बोल्ट्सले निर्धारित १२ ओभरको खेलमा ८ विकेटको क्षतिमा ११६ रन बनायो । ११७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सुपर किंगले ९ ओभरमै सबै विकेट गुमाई जम्मा ७२ रन मात्र बनाउन सक्यो । आजको खेलको म्यान आफ द म्याच पटेलनगर बोल्ट्सका विवेक मण्डल घोषित भए ।उनले ८ बलमा २२ रन र ३ विकेट समेत लिएका थिए ।

त्यसैगरी,आईतवार भएको खेलमा पटेलनगर बोल्ट्सले द एभेन्जर अफ पटेलनगरलाई ६ विकेटले पराजित गर्दै विजयी भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको एभेन्जरले ११ दशमलव ३ ोभरमा १० विकेटको क्षतिमा कुल ९२ रन बनायो । ९३ रनको लक्ष्य लएर मैदानमा उत्रेको पटेलनगर बोल्ट्सले १० दशमलव ५ ओभरमै ४ विकेटको क्षतिमा ९३ रन जोडयो । सो खेलको म्यान अफ द म्याच ३३ बलमा ५६ रन बनाएका आनन्द मण्डल घोषित भएका थिए । मंगलवार साझ ४ बजेदेखि पटेलनगर वारियर र द एभेन्जर अफ पटेलनगर वीच खेल हुने आयोजक पिपिएल समितिले जनाएको छ । हाल सम्म तीन खेलमा अंक तालिकामा पटेलनगर बोल्ट्स दुई खेल जितेर शिर्षस्थानमा छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads