search

spot_img
spot_img

उपकार सेवा नेपालद्वारा ह्वीलचेयर प्रदान

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ जेठ । सामाजिक उत्तरदायित्व अन्तर्गत उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–१६, ईनर्वाका एक पूर्ण रूपमा अशक्त व्यक्तिलाई हवीलचेयर प्रदान गरेको छ। संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीको नेतृत्वमा ती व्यक्तिको घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गरिएको हो । कार्यक्रममा संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, युवा नेता ओम प्रकाश सर्राफ साथै स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष सरावगीले अशक्त नागरिकहरूलाई स्वाभिमानी र सहज जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले संस्था निरन्तर यस्ता सामाजिक सेवामूलक कार्यमा सक्रिय रहेको जानकारी दिइन् । सहयोग प्राप्त व्यक्तिका परिवारजनले उपकार सेवा नेपाल र सहयोगी मनप्रति आभार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले विपन्न तथा अशक्त समुदायलाई ठूलो सहारा मिल्ने बताएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बहुदरमाईका नि. प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

वीरगंज, ६ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका  निमित प्रमुख प्रशासकीय अधिकृत...
- Advertisement -spot_img

सम्बन्धित खबर