search

spot_img
spot_img

दुर्घटना न्यूनिकरणको लागि पर्सामा अभियान जारी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज ,६  जेठ ।
पर्सा जिल्लामा पछिल्लो समय बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय पर्सा, समृद्धि नेपाल तथा व्यवस्थित वीरगञ्ज अभियानको संयुक्त पहलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। वीरगञ्जस्थित ऐतिहासिक न्टाघर मुख्यचोकमा सम्पन्न उक्त कार्यक्रमको मूल उद्देश्य सडक सुरक्षामा जनसहभागिता अभिवृद्धि गर्नु र ट्राफिक नियमप्रति समुदायलाई सचेत तुल्याउनु रहेको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा ट्राफिक नियम उल्लंघनका कारण हुने दुर्घटनाको यथार्थ चित्रण गरिएका भिडियो तथा वृत्तचित्रहरू प्रोजेक्टर मार्फत देखाइएको थियो। सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, पैदल यात्रुको अधिकार, संकेत चिह्नहरूको प्रयोग र हेलमेटको अनिवार्यता जस्ता विषयहरूमा व्यापक जानकारी प्रदान गरिएको थियो।
बालबालिका, महिला, युवा तथा वृद्धवृद्धासहित सयौं सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम जनमानसमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।कार्यक्रम संयोजक दिलिप राज कार्कीले भने, “सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको मुख्य कारण ट्राफिक नियमको अवज्ञा हो। यस्तो स्थितिमा समुदायमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक छ।”कार्यक्रमका सह–आयोजक संस्था समृद्धि नेपालका अध्यक्ष सुरज सरार्फले पर्सा जिल्लाका अन्य स्थानहरूमा पनि यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रनानि लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।उक्त कार्यक्रमले वीरगञ्ज क्षेत्रका नागरिकमा ट्राफिक नियम पालनाको चेतना बढाउने र दीर्घकालीन रूपमा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोजकको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads