search

spot_img
spot_img

बैंकिङ प्रणाली व्यवस्थित र व्यवसायमैत्री हुनुपर्ने – अध्यक्ष गौतम

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ जेठ । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले राष्ट्र बैंक वीरगंजले बैंक र निजी क्षेत्रबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंक वीरगंजले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायीहरू र अन्य सरोकारवालाबीच आर्थिक तथा बैंकिङ्ग गतिविधि सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले अहिलेको आर्थिक अवस्था सहज नभएको बताउनुभयो । बैंकिङ प्रणाली व्यवस्थित र व्यवसायमैत्री हुनुपर्ने उहाँको जोड थियो । कार्यक्रममा मुलुकको वर्तमान आर्थिक अवस्था, राष्ट्र बैंकको भूमिका, व्यवसायीहरूको बैंक तथा राष्ट्र बैंकसँगको अपेक्षा, गुनासो र सुझाववारे विस्तृत कुराकानी गरिएको थियो। नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशील पौडेलले बैंकको क्षेत्रीय भूमिका, कार्य सम्पादन र आगामी योजना प्रस्तुत गर्नुभएको थियो । उहाँले निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। वाणिज्य बैंकहरूको भूमिका समयसापेक्षरूपमा परिवर्तन हुनुपर्ने र निजी क्षेत्रलाई प्रबद्र्धन गर्ने दिशामा बैंकहरू अघि बढ्नुपर्ने बताउनुभयो । संघका अन्य पदाधिकारीहरूले समेत चालु पूँजी कर्जासम्बन्धी निर्देशिका अद्यावधिक गर्नुपर्ने, राष्ट्र बैंकको गुनासो सुनुवाइ डेस्कलाई प्रभावकारी बनाउनुपर्ने, तथा बैंकहरूले निर्देशिका जारी गर्दा व्यावसायिक पक्षलाई ध्यान दिनुपर्ने जस्ता महŒवपूर्ण बुँदाहरू उठान गर्नुभएको थियो । कार्यक्रममा व्यापारी तथा यात्रीहरूले रकम बोकेको आधारमा हुण्डी कारोवारीको आरोपमा प्रहरीबाट हैरानी पाएको गुनासोसमेत उठाइएको थियो। साथै, वैध माध्यमबाट रकम पठाउँदा समेत उच्च शुल्क लाग्ने समस्याप्रति बैंकहरूले ध्यान दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा वाणिज्य बैंकका मधेश प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरूको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads