search

spot_img
spot_img

मातापिताको सेवा सबैभन्दा ठूलो धर्म– कथावाचक अनिरूद्धाचार्य

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

रक्सौल, ९ जेठ । भारतको वृन्दावनस्थित गौरी गोपाल आश्रमका संस्थापक अनिरूद्धाचार्यजी महाराजको एक दिवसीय भक्ती सत्सङ्ग तथा प्रवचन कार्यक्रम भारतको रक्सौलमा सम्पन्न भएको छ । भारत विकास परिषद् रक्सौल शाखाले लक्ष्मीपुरस्थित वाइएस रिसोर्टमा आयोजना गरेको कार्यक्रममा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति थियो । कथावाचक अनिरूद्धाचार्य महाराजको पुष्पवर्षा तथा भव्य आरती गरेर स्वागत गरिएको थियो । प्रवचनको क्रममा महाराजले मानव सेवा, मातापिताको सेवा र राष्ट्र सेवालाई सबैभन्दा ठूलो धर्म रहेको बताए । उनले छुवाछुत तथा सामाजिक कुरीति विरूद्ध जनचेतना फैलाउने सन्देश दिंदै देशको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्न सबैलाई आग्रह गरे । आफ्नो गौरी गोपाल आश्रमको जानकारी दिंदै उनले उक्त आश्रममा परिवारबाट तिरस्कृत ३०० वृद्ध आमाहरूको सेवा भइरहेको र त्यहाँ दैनिक ३०,००० जनालाई निल्शुल्क भोजन गराइने बताए । कार्यक्रममा उनले मधुर भजनहरूमार्फत श्रद्धालुहरूलाई भावविभोर बनाएका थिए । परिषद् सचिव डा. राजेन्द्र प्रसाद सिंह र मिडिया प्रभारी रजनीश प्रियदर्शीले श्री महाराजको आगमनले स्थानीय समुदायलाई धार्मिक तथा आध्यात्मिक लाभ पुगेको बताए । कार्यक्रम सफल बनाउन परिषद्का अवधेश सिंह, सीताराम गोयल, डा. एस.के. सिंह, सुनील कुमार, अजय कुमार, बिमल सर्राफ, विजय कुमार लगायत महिला तथा बाल विकास संयोजिका श्रीमती बी.एस.दासको उल्लेखनीय योगदान रहेको मिडिया प्रभारी रजनीशले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

राधेश्याम पटेल, वीरगंज, १ भदौ । बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका...

सम्बन्धित खबर

- Advertisement -neelambads