search

मधेश क्रिकेट लिगमा बारा शिर्षस्थानमा, वीरगंजमा धनुषा, महोत्तरी, कलैयामा बारा सप्तरी विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० जेठ ।
वीरगंजमा जारी प्रथम संस्करणको मधेश क्रिकेट लिगमा आज पनि ४ खेल सम्पन्न भएको छ । वीरगंजमा सम्पन्न दुई खेल मध्ये पहिलो खेलमा पर्सालाई पराजित गर्दै धनुषा र दोस्रो खेलमा सिरहालाई पराजित गर्दै महोत्तरी विजयी भएका छन् भने बाराको कलैयामा सम्पन्न दुई खेल मध्ये पहिलो खेलमा रौतहटलाई बाराले र दोस्रो खेलमा सर्लाहीलाई सप्तरीले हराएको छ।

वीरगंजको पहिलो खेलमा टस हारी पहिलो ब्याटिङ गरेको धनुषाले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा धनुषा ११० रन बनायो । १११ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको पर्साले १९ ओभरमा अलआउट हुदै जम्मा ९५ रनमा समेटिएपछि धनुषा विजयी भयो । उक्त खेलको उत्कृष्ट खेलाडी धनुषाका रामपुर यादव घोषित भए ।

यसैगरी शनिबार भएको चौथो खेलमा महोत्तरीले सिरहामाथि आठ विकेटको हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको सिरहाले १५.२ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्रै बनाएको थियो । सिरहाका लागि रुपेशकुमार सिंहले २६ र अशोक यादवले ११ रन बनाए ।

सिरहालाई सस्तैमा समेटने क्रममा महोत्तरीका रमेश सहनीले चार विकेट लिए । चार ओभर बलिङ गरेका सहनीले २३ रन खर्चिएर चार विकेट हात पारेका थिए । यसैगरी अभिषेक तिवारी र विनोद सहनीले २/२ विकेट लिए ।

सिरहाले दिएको ७९ रनको लक्ष्य महोत्तरीले दुई विकेटको क्षतिमा ७४ बलमै पूरा गर्यो । ओपनर नविनकुमार यादवलाई शून्यमै गुमाएको महोत्तरीका लागि रवि सिंहले अविजित ५० रनको अर्धशतकीय पाली खेले । रविले ३८ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यसैगरी महमद सर्फराज अंसारीले २७ रन बनाए भने अभिषेक तिवारीले अविजित ६ रन बनाए ।

रवि सिंह प्लेयर अफ दि म्याच घोषित भए । अंकतालिकाको छैठौं स्थानमा रहेको महोत्तरीले अब आइतबार सप्तरी र सोमबार बारासंग खेल्नेछ ।

त्यसैगरी,कलैयामा सम्पन्न पहिलो खेलमा टस हारी पहिले ब्याटिङ गरेको बाराले २० ओभरमा ७ विकेटको क्षतिमा १६५ रन बनायो,१६६ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको रौतहटले १७.३ ओभरमा सबै विकेट गुमाई जम्मा १२० रन मात्र बनाउन सक्यो ।उक्त खेलमा बाराका निखिल सिंह उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी,कलैयामा सम्पन्न दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले १९.५ ओभरमा सबै विकेट गुमाई जम्मा १२७ रन बनाएर १२८ रनको विजयी लक्ष्य दिदा सर्लाही २० ओभरमा ७ विकेटको क्षतिमा जम्मा ११४ रनमै समेटिएपछि खेल सप्तरीको पोल्टामा गायो । उक्त खेलको उत्कृष्ट खेलाडी सप्तरीका पप्पु यादव ‘बि’ घोषित भए । अंक तालिकामा स्थान १ मा ५ खेलमा ४ जितसहित बारा छ भने २ मा धनुषा,३ मा सप्तरी,४ मा रौतहट,५ मा पर्सा,६ मा महोत्तरी,७ मा सिरहा,८ मा सर्लाही रहेका छन् । धनुषा र सप्तरीले ५ मा ३–३ खेल जितेका छन् भने रौतहट,पर्सा,महोत्तरीले २–२ खेल जितेका छन् । सिरहा एक खेल जितेको छ भने सर्लाही हाल सम्म ५ खेल गुमाएको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads