search

spot_img
spot_img

‘साईबर सुरक्षा र एआई सम्बन्धि एकदिने अभिमुखिकरण’ आयोजना

पढ्न छुटाउनुभयो ?

वीरगंज आइतबार, जेठ ११। साईबर सुरक्षा र एआई सम्बन्धि एकदिने अभिमुखिकरण वीरगंजमा शुरु भएको छ ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा आज वीरगंजमा शुरू भएको अभिमुखिकरण कार्यकर्मको प्रदेश सांसद श्याम पटेलले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पटेलले अहिले को वर्तमान अवस्थामा राजनितिमा देखिएको छाडापन जस्तै मिडियामा पनि छाडापन बढेको बताए ।

मिडियाले चाहे हीरो बनाईदिने र मिडियाले चाहेको खण्डमा जिरो बनाईदिने हुदा मिडियाले गम्भीर भएर जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे ।

पत्रकारिताको विकास संगसंगै यूट्यूबरहरुको बढदो संख्या र छाडापनले पनि पत्रकारिताको मानमर्दन गरिरहेकोले यसलाई नियन्त्रण गर्नमा जोड दिए ।

सांसद पटेलले समाज सुधार्न हामी सबैको दायित्व भएको बताउदै पत्रकारको कारण समाज बन्ने र बिगरिने हुदा पत्रकार निश्पक्ष भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खरगले मधेश प्रदेशका संचारकर्मीको उत्थान एवम बृदि विकासकै लागी यस आमसञ्चार प्राधिकरणको गठन भएको बताए ।

अध्यक्ष खरगले स्वास्थ्य बिमा र दुर्घटना बिमामा छुटेका पत्रकारलाई पुन समेटिने जानकारी दिए ।

मधेश प्रदेशमा हाल सम्म ४ सय पत्रकारको स्वास्थ्य र दुर्घटना बिमा भएको बताए ।

पत्रकारहरुलाई चनाखो भएर बिमाको फाईदा उठाउन पनि उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगाएत विभिन्न पत्रकार सम्बत संघसंगठनहरुका प्रतिनिधिले मन्तव्य राखेका थिए ।

कार्यक्रममा साईबर सुरक्षा र एआई सम्बन्धि प्रशिक्षण दिईएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads