search

spot_img
spot_img

सुपरकिंगले जित्यो पिपिएलको उपाधी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ जेठ ।
यही जेठ ३ गतेदेखि वीरगंज-२१ पटेलनगरमा सञ्चालित प्रथम पटेलनगर प्रिमियर लिगको उपाधी पटेलनगर सुपरकिंगले जितेको छ । सुखचैनाको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा पटेलनगर बोल्ट्सलाई ३ विकेटले पराजित गर्दै सुपरकिंगले पिपिएल विजेता बनेको हो । टस हारी पहिले ब्याटिङ गरेको पटेलनगर बोल्ट्सले निर्धारित १२ ओभर खेल्दै ७ विकेटको क्षतिमा जम्मा ७५ रन बनायो ।

७६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सुपरकिंगले ११.४ ओभरमा ७ विकेटको क्षतिमा ७६ रन बनायो खेल जित्यो । उक्त खेलको उत्कृष्ट खेलाडी सुपरकिंगका अनिश पटेल घोषित भएका छन् भने पिपिएल सिरज भरी उत्कृष्ट प्रदर्शन गरेका सुपरकिंगकै पिन्टु पटेल म्यान अफ द सिरिज घोषित भएको आयोजक पिपिएल समितिले जनाएको छ । वीरगंज–२१ पटेलनगर र वीरगंज–१८ सुखचैनाका खेलाडीहरुलाई लिलामी गरी गठन गरिएको ४ वटा टिमको सहभागिता रहेको यो प्रतियोगितामा अगामि दिनमा वीरगंज –२२ जगरनाथपुर,परवानीपुर,चैनपुरलगायतको खेलाडीहरु समेत समावेश गरी पिपिएलमा टिम सहभागिता बढाउने नीति लिइएको अयोजकले बताएको छ ।

रु १५० देखि रु ५ सयमा खरिद गरिएको खेलाडीले गठित टिमको खेल प्रदर्शनबाट आयोजक खुशी भएको र अगामि दिनमा यो प्रतियोगिता कोशेढुङगा साविता भएको आजको पुरस्कार समारोहका मुख्य अतिथि अधिवक्त जितेन्द्रप्रसाद कुर्मीले जनाए । फाइनल जित्ने टिम सुपरकिंगका मालिक पटेलनगरका राजन पटेल हुन भने उविजेता टिम बोल्ट्सका मालिक पप्पु पटेल हुन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads