परवानीपुर,१३ जेठ ।
मधेश क्रिकेट लिगमा आज लिग चरणको खेलहरु सकिदाँ बाारा,धुनषा,सप्तरी र रौतहट सेमिफाइनलको लागि छनौट भएका छन् । अंक तालिकाको अनुसार लिग चराण्मा कमजोर प्रदर्शन गर्ने पर्सा,सर्लाही,सिरहा र महोत्तरी बाहिरिएपछि यी टिमहरु सेमिफाइनलमा प्रवेश गरेका हुन् । बारा ७ खेलमा ६ जित्दै १३ अंकका साथ शिर्षस्थानमा छ भ ने धनुषा ७ खेलमा ४ मा जित्दै ९ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी,सप्तरी ७ मध्ये ४ मा विजयी भएर ९ अंकका साथ रन रेटका अधारमा तेसं्रो र रौतहट ७ खेलमा ३ जितसहित ७ अंकका साथ रन रेटमा अघि भएकोले पाँचौं स्थानमा रहेको पर्सालार्य पछि पार्दै रौतहट सेमिफाइलनमा ठाउँ पक्का गर्दै चौथो स्थान बनाउन सफल भएको छ ।
वीरगंजमा २ र कलैयामा २ खेल गरी आज कुल चार लिग खेल भएको हो । वीरगंजको पहिलो खेलमा धनुषाले सर्लाहीलाई ५ विकेटले पराजित गरेको छ भने वीरगंजकै दोस्रो खेलमा बाराले महोत्तरीलाई १०३ रनले पराजित गरेको छ । त्यसैगरी,कलैयाको पहिलो खेलमा वीरगंजको पहिलो खेलमा पर्साले सप्तरीलाई ९ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा सिरहाले ९ विकेटले रौतहटलाई पराजित गरेको छ ।
वीरगंजको पहिलो खेलमा टस हारी पहिले ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ८९ रन बनायो । ९० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको धनुषाले मात्र १४.५ ओभरमा ५ विकेटको क्षतिमा ९३ रन बनायो । उक्त खेलको उत्कृष्ट खेलाडी धनुषाका क्रिस साह घोषित भए । त्यसैगरी,वीरगंजको दोस्रो खेलमा टस जिति पहिले ब्याटिङ गरेको बाराले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनायो । १७८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको महोत्तरीले मात्र १५.५ ओभरमा सबै विकेट गुमार्य ७४ रन बनायो । उक्त खेलमा बाराका अर्निको यादव उत्कृष्ट खेलाडी घोषित भए ।
त्यसैगरी,कलैयाको पहिलो खेलमा टस हारी पहिले ब्याटिङ गरेको सप्तरीले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन बनायो । १३८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको पर्साले मात्रै १७.१ ओभरमा १ विकेटको क्षतिमा १४१ रन बनाएर खेल जित्यो ।उक्त खेलको म्यान आफ द म्याच पर्साका महम्द समिर घोषित भए । त्यसैगरी,दोस्रो खेलमा टस हारी पहिले ब्याटिङ गरेको रौतहटले २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनायो । १११ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सिरहाले मात्र १५ ओभरमा १ विकेटको क्षतिमा ११२ रन बनाएर खेल जित्यो ।उक्त खेलको उत्कृष्ट खेलाडी रौतहटको दिपेश साह घोषित भए ।