search

spot_img
spot_img

एमसिएलको च्यामिपियन बन्यो बारा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज १५ जेठ । बारा क्रिकेट संघ टिम प्रथम संस्करणको मधेश क्रिकेट लिग(एमसिएल) को च्यामिपियन बनेको छ । वीरगंजस्थित टिवि शाह मैदानमा आयोजित फाइनल खेलमा सप्तरीलाई पराजित गर्दै बाराले ट्रफी उचालेको हो । टस हारी पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाई जम्मा ९३ रन बनायो । ९४ रनको लक्ष्य लिएर मैदानमा उत्रेको बाराले मात्रै १४.३ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाई खेल जित्यो । उक्त खेलको उत्कृष्ट खेलाडी ४ ओभर बालिङ गरेर १९ रन खर्चेर २ विकेट लिएका बाराका कप्तान पवन सर्राफ घोषित भए । त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि सर्राफ नै घोषित भएका छन् । प्रतियोगिताको १० वटा खेलमा १४९ रन बनाएका छन् भने विपक्षी टिमका १३ विकेट लिएका छन् । यसैसंगै फाइनल विजेता टिमले नगद रु २ लाख ५१ हजारसहित ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद रु २ लाखसहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताका संयोजक एवं पर्सा क्रिकेट संघका अध्यक्ष मनीष सिंहको अध्यक्षता एवं मधेशप्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ,दिवस सर्राफ,अमित आलोकलगायतको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि मधेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल,मधेशकी प्रदेश सांसद वीणा शर्मा र श्याम पटेल,नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह,सचिव पारस खडका, मधेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ता,मधेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठलगायतको सहभागिता थियो । पुरस्कार वितरण समारोहमा वक्ताहरुले मधेशमा क्रिकेट विकासको लागि सबै तहको सरकार र निकायको सहकार्यको आवश्यकता रहेको बताएका थिए । मधेशका खेलाडी विनाको राष्ट्रिय टोली अधुरो हुने भएकोले केन्द्रले पनि मधेशमा भौतिक पूर्वाधार विकास र खेलकुद गतिविधि बढाई खेलाडी उत्पादनमा ध्यान दिनु पर्ने आवश्यक रहेको जनाएका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads