search

spot_img
spot_img

राजावादीहरुले गणतन्त्र मास्न खोज्दै छन्–गापा अध्यक्ष जैसवाल

पढ्न छुटाउनुभयो ?

परवानीपुर,१५ जेठ । राजावादीलगायत केही गणतन्त्र विरोधी शक्तिहरुले गणतन्त्र मास्न प्रयासरत रहेको बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवालले बताएका छन् । पालिकाको कार्यालय परिसरमा आयोजित गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । राजावादी केही तत्वहरुले अढाई सय पुरानो राजतन्त्र फर्काउन भरमग्दुर प्रयत्नरत रहेका छन् तर त्यो सपना पुरा हुदैन,जनताले स्वीकार गर्दैनन्,उनले भने । शिक्षा शाखा प्रमुख सन्तोष रौनियारको सहजीकरण र प्रमुख प्रसाशकीय अधिकृत श्यामकिशोर प्रसादको स्वगत मन्तव्य व्यक्त गरेको कार्यक्रम समापन गर्दै गापा अध्यक्ष जैसवालले यस्तो बताएका हुन् । गापा उपाध्यक्ष किरण देवीको प्रमुख आतिथ्याता रहेको सो कार्यक्रममा वडा न. १ का अध्यक्ष लालबाबु मुखिया बिन,२ का वडा अध्यक्ष हृदयनारायण साह,५ का अध्यक्ष सन्तोष साह,७ का अध्यक्ष ईस्लाम मियाँलगातयको शिक्षक,कर्मचारी,विद्यार्थीहरुको सहभागिता थियो । नेपाली राष्ट्रिय झण्डा फहराएर कार्यक्रक शुभारम्भ भएको थियो ।
परवानीपुर गापाद्वारा रक्तदान गणतन्त्र दिवसको अवसरमा परवानीपुर गाउँपालिकाले रक्तसञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पालिकाको कार्यालय प्रांगणमा आयोजित सो कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी र उपाध्यक्ष सुगान्धी देवीले रक्तको पोका प्रदान गरेर उदघाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष कुर्मीले मानव सेवाभन्दा ठूलो धर्म अरू केही नभएको भन्दै रक्तदानजस्तो पुण्य कार्यमा जनप्रतिनिधि र युवाको सहभागिता प्रशंसनीय रहेको बताए । यसैगरी उपाध्यक्ष सुगान्धी देवीले गणतन्त्र दिवसमा गरिने सामाजिक गतिविधिहरूले नागरिकमा उत्तरदायित्वबोध बढाउने विश्वास व्यक्त गरेका थिए । यसैगरी प्रशासकीय अधिकृत मुना रौनियारले रक्तदानले एक व्यक्तिको जीवन बचाउन सक्ने भएकाले यसलाई नियमित अभियानको रूपमा अगाडि बढाइनुपर्ने धारणा राखेका थिए । उनले गाउँपालिकाले आगामी दिनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा पालिकाका प्रशासकीय अधिकृत मुना रौनियार, उपाध्यक्ष सुगान्धी देवी, युवा नेता उमेश गुप्ता, सुदिप पासवान, अनिल श्रीवास्तव, लालबाबु महरा, रवि साह लगायत दर्जनौं व्यक्तिहरूले रक्तदान गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads