search

spot_img
spot_img

मदिरा गायब भएको होइन, मुचुल्का टोलीको त्रुटि हो – प्रमुख बरूवाल

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, परवानीपुर, १६ जेठ ।
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट केही दिन अघि करिब १७ लाख मूल्य बराबरको २८६ कार्टुन मदिारा गायब भएको घटना प्रति भन्सार कार्यालयले स्पष्ट पारेको छ ।
प्रमुख भन्सार अधिकृत धनबहादुर बरूवालले मदिरा गायब नभएको र सामान जफत भई लिलामी पूर्व गरिने मुचुल्का टोलीले कन्टेनरको अगाडिको छलीलाई मात्रै गनेको आधारमा पुरै कन्टेनरको हिसाब निकाल्दा फरक पर्न गएको स्पष्ट पारेका हुन् । तर समान बिक्रेताको खरिद बिल र अन्य कागजात हेर्दा ७५० एमलको अष्ट्रेलियन ब्रान्डको २ हजार ९३ कार्टुन मदिरा मात्रै आएको र हाल पनि त्यति नै रहेकोले छानबिन गरी समान सर्लाहीको पिके ट्रेडर्सले उठाइसकेको समेत जानकारी गराए ।
भन्सार कार्यालयले जति समान दियो, उसको कानुन बमोजिम राजस्व बुझेर लिलाम सकार गरेका व्यवसायीसंग भन्सार कार्यालयले पैसा लिएको उनले बताए । बाँकी पैसा पिके ट्रेडर्सलाई फिर्ता समेत गरिसकेको उनले जानकारी गराए । उनले ९ हजार ४ सय १८ लिटर मदिराको मात्रै हिसाब भएको जानकारी गराए ।
यसअघि मुचुल्का टोलीकै प्रतिवेदनको आधारमा भन्सार कार्यालयले करिब १० हजार ५ सय लिटर मदिराको लिलिमी गरेकोमा त्रुटि भेटिएपछि सच्याइएको जनाइएकोछ । यसअघि पनि मुचुल्का टोलीको रिपोर्ट फरक परेको र निर्धारिण गरिउको कन्टेनरमा कम समान फेला परेको पुष्टि समेत भइसकेको उनले जिकिर गरे ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads