search

spot_img
spot_img

दुर्घटनामा व्यक्तिको मृत्यु, सनाखत हुन सकेन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ जेठ । वीरगंज महानगरपालिका–७, कुमाल टोलस्थित रेलवे रोडमा मंगलवार राति सवारी ठक्करबाट गम्भीर घाइते भएका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ । मृतकको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ साल जेष्ठ १२ गते राति करिब ८ः३५ बजे, भुटनदेवी टोल, वीरगंज–१६ निवासी किसन बर्णवालले चलाएको मधेश प्रदेश ०३–००२ स ४३८८ नम्बरको लोडर गाडीले एक अन्दाजी २८ वर्षको पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि ती पुरूष गम्भीर घाइते भएका थिए। घाइतेलाई तत्काल नारायणी अस्पताल, वीरगंजमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एलएस न्युरो एण्ड जेनरल अस्पताल बारा पठाइएको थियो । चिकित्सकले जेष्ठ १३ गते राति १२ः३५ बजे उनलाई मृत घोषित गरेको थियो । मृतकको शव नारायणी अस्पताल, वीरगंजको शव गृहमा राखिएको छ। मृतकको अहिलेसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । प्रहरीका अनुसार मृतकको उमेर करिब २८ वर्ष, लम्बाइ ५ फिट ६ इन्च, तराई मूलको जस्तो देखिने, आकासे रड्ढो हाफ टि–सर्ट र नीलो जिन्स पाइन्ट लगाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads