search

मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शनिवार बिहान ७ः३० बजे मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा गम्भीर भएका घाइतेलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सहयोगी वीरगंज महानगरपालिका वडा नं. १८ निवासी आशीष तिवारीले उद्धार गरी नारायणी अस्पताल वीरगंज पु-याएको तिवारीले बताएका छन् । घाइतेको नाम, ठेगाना खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads