search

spot_img
spot_img

शैक्षिक क्षेत्रमा योगदान पु-याइएबापत पर्साका तीनजना सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ जेठ । प्रधानाध्यापक संघ नेपाल (पान) मधेश प्रदेशले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत सम्मान गरेको छ । शनिवार जनकपुरधाममा आयोजित प्रधानाध्यापक संघ नेपाल मधेश प्रदेशको दोस्रो प्रदेश सभा कार्यक्रमका बीच महानगर प्रमुख सिंहलाई सम्मान गरिएको हो । वीरगंज महानगरले पछिल्ला वर्षहरूमा शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको प्रवर्धन र बालमैत्री वातावरण निर्माणमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै पान मधेश प्रदेशले नगर प्रमुख सिंहलाई सम्मानित गरेको हो । अस्वास्थ्यताका कारण नगर प्रमुख सिंह कार्यक्रममा उपस्थित हुन नसके पनि उहाँको तर्फबाट वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सम्मान ग्रहण गर्नुभएको थियो । कार्यक्रममा वीरगंजको समग्र शैक्षिक प्रयासको प्रशंसा गर्दै आयोजक संस्थाले वीरगंज महानगरलाई मधेश प्रदेशभरकै लागि प्रेरणाको पालिकाको रूपमा उल्लेख गरेको थियो । यस्तै महानगरकै सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगंजकी बाल विकास शिक्षिका गिता खनाललाई मधेश प्रदेशकै उत्कृष्ट बाल विकास शिक्षकको रूपमा सम्मान गरिएको छ उहाँलाई नगद पाँच हजारसहित सम्मानित गरिएको हो । बालबालिकासँगको आत्मीय सम्बन्ध, शिक्षण पद्धतिमा सिर्जनशीलता र निरन्तर समर्पणका लागि उहाँलाई यो सम्मान प्रदान गरिएको हो। त्यस्तै, सिन्दुरियामाई आधारभूत विद्यालय लक्ष्मणवाका अभिभावक शिक्षक संघ अध्यक्ष प्रदीप कुमार गुप्तालाई मधेश प्रदेशकै उत्कृष्ट पिटिए अध्यक्षको रूपमा सम्मानित गरियो । विद्यालय व्यवस्थापनमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउन उहाँले खेलेको अग्रसरतालाई उदाहरणीय ठहर गर्दै यो सम्मान प्रदान गरिएको पान मधेश प्रदेशले जनाएको छ । कार्यक्रममा मधेश प्रदेशका शिक्षक, विद्यालय व्यवस्थापन, अभिभावक प्रतिनिधि र शिक्षा क्षेत्रका विभिन्न तहका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका चुनौती र समाधानमाथि विचार–विमर्श गर्दै सहकार्य र समर्पणबाट मात्र समृद्ध शैक्षिक भविष्य सम्भव छ भन्ने सन्देश दिइएको थियो । नगर प्रमुख सिंह, शिक्षिका गिता खनाल र पिटिए अध्यक्ष प्रदीप गुप्तालाई प्राप्त सम्मानले वीरगंजको शैक्षिक प्रतिष्ठामा थप गौरव थपेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads