search

नारायणी अस्पतालमा विद्युत अवरूद्धः गुप्ता निलम्बित

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ जेठ । नारायण अस्पतालमा शुक्रवार राति विद्युतको सर्किट सर्ट भएर विद्युत सेवा अवरूद्ध हुँदा आइसियु र सिसिसियु वार्डका बिरामीहरूलाई परेको समस्याबारे अस्पताल विकास समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले शनिवार नारायणी अस्पतालको आइसियु/एनआइसियु वार्डमा सर्टसर्किट भई बिद्युत आपूर्ति अवरूद्ध हुँदा गम्भीर दुर्घटना हुने जोखिम सिर्जना भएको जनाएका छन् । जीवनरक्षक उपकरणहरू बन्द हुँदा बिरामीहरूको स्वास्थ्य संकटमा परेको भन्दै उनले अस्पताल प्रशासनले तुरून्तै वैकल्पिक उपायमार्पmत विद्युत सेवा निरन्तरता दिने प्रयास गरे तापनि यस्तो लापरवाही स्वीकार्य नभएको जनाएका छन् । शनिवार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, निमित्त मेसु डा. चित्तरन्जन साह, विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख, अस्पतालका सबै विभागका प्रमुख, इन्चार्ज लगायतको बैठक बसेर छलफल गरिएको छ । शुक्रवार राति ड्युटिमा रहेका अस्पतालका इलेक्ट्रीसियन ईन्चार्ज सन्जिव गुप्तालाई निलम्बन गरेर आवश्यक कानुनी कारबाहीका लागि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा पत्राचार गर्ने निर्णय गरिएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads