search

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

पढ्न छुटाउनुभयो ?

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको छ । भारतको बिहार राज्यको घोडासहन घर भई नेपालको बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी पाँच वर्षीया बालिका शीवानी गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार दिउँसो २.३० बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडिको सडक पार गर्ने क्रममा ना १ क ८०५६ नम्बरको टिपरले शीवानीलाई ठक्कर दिएर किचेको थियो । गम्भीर घाइते शीवानीलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनावारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads