search

spot_img
spot_img

तेलको कुपन कम दिएपछि डिएसपी शुभद्राको ताण्डव

पढ्न छुटाउनुभयो ?

सिमरा १९ जेठ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा पुगेर ईलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइवाले आइतबार ताण्डव देखाएकी छन् ।

आफ्नो पदीय मर्यादाक्रम समेत विर्सेर डिएसपी वाइवाले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिब शान्तिराज प्रसाईको कार्यकक्षमा ताण्डब नृत्य देखाउनुको मुल कारण डिजेलको कुपन रहेको स्वयं डिएसपी वाईवाको भनाई छ ।

डिएसपी वाईवाले बताए अनुसार आइतबार उपमहानगरपालिकामा डिजेल माग्न उनले एकजना जवान पठाएकी थिइन् । उनको माग १०० लिटर डिजल थियो तर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत प्रसाँईले २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिएर पठाएका थिए ।

उपमहानगरको कुपन लिएर जवान आएपछि डिएसपीलाई रिस उठ्यो र आँफै साँझ कार्यालय समयपछि ५ः१५ बजे उपमहानगरको कार्यालयमा पुगिन् । सहसचिब शान्तिराज प्रसाँई कार्यालयबाट निस्कने तरखरमा थिए । डिएसपीलाई आफ्नो कार्यकक्षमा देखेपछि सहसचिव प्रसाँइले बस्न आग्रह गरे । तर तेलको कुपनमा चित नबुझेर पुगेकी डिएसपीले प्रहरीलाई किन हेपेको भन्दै ? आफ्नो पदीय मर्यादा, जिम्मेवारी र नैतिकता समेत विर्सेर सहसचिबसंग आक्रोशपुर्ण ढंगले प्रस्तुत भईन् ।

तेलको कुपनकै विषयमा सहसचिवसंग विवाद गर्न पुगेकी डिएसपीको आक्रोश त्यतिमै रोकिएन दिउसो आफ्ना जवानले लगेको कुपन च्यातेर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको टेबलमा फ्याँकिदिइन् ।

घटनाका विषयमा कुराकानी गर्दा डिएसपी वाईवाले तेलको विषयमा आक्रोशित भएर पुगेको स्वीकार्दै विगतका महिनामा १०० लिटर डिजल लिने गरेकोमा अहिले एक्कासी घटाएर कुपन पठाएपछि आफूलाई चित नबुझेर कार्यालय पुगेको र उपमहानगरका हाकीमको कुरा चित नबुझेर कुपन च्यातिदिएको बताईन् । ‘वहाँले पठाएको कुपन त्यहीँ च्यातिदिएको हुँ, फोटो चाँही खिचेर राख्याछु’ डिएसपी वाईवाले भनिन् ।

शुभद्रा लामा ईलाका प्रहरी कार्यालय सिमरामा प्रमुखको जिम्मेवारीमा आएदेखिनै पटक पटक विवादास्पद काम गरिरहेकी छन् । केहिदिन अघि जीतपुर बजारमा जारी साँस्कृतिक महोत्सवमा आँफै स्टेज चढेर माईकको तार चुँडाउने देखि सिमरा विमानस्थलमा सर्वसाधारण नागरिकलाई अनाहकमा हतकडी लगाउने सम्मका घटना घटिसकेका छन् ।

आइतबार उपमहानगरमा भएको घटनाका विषयमा आफुले मौखिक रुपमा जानकारी पाएको र भोली लिखित रुपमा आएपछि थप छानविन अघि बढ्ने बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । ‘जीतपुरसिमरामा सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुनुन्छ, डिएसपीको तहबाट जुन घटना भएको छ, त्यो गलत हो वहाँमा अनुशासन देखिएन, छानविन गरी कारवाही हुन्छ’ प्रजिअ अधिकारीले भने ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads