search

नवविवाहित महिलाको हत्या, पति फरार

पढ्न छुटाउनुभयो ?

रौतहट, २१ जेठ । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर १ भषेडवामा एक नवविवाहित महिलाको शव घरमा मृत अवस्थामा फेला परेको छ । उक्त घटना मंगलवार घटेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । परिवारका सदस्यहरूले मिलेर हत्या गरेको माईती पक्षले जनाएको छ । विजयपुर नगरपालिका–९, बडहरवा निवासी स्व. रामनारायण यादवकी छोरी आल्का यादवको हत्या भएको छ । घटना पछि श्रीमान् अन्दाजी २६ वर्षीय अङ्केश यादव फरार रहेका छन भने ससुरा पुकार राय यादव प्रहरीको हिरासतमा रहेको इलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई बिनोध राना मगरले जानकारी दिनु भयो । पीडित आल्का विवाहपछि कटहरिया–१, भसेरवामा श्रीमानको घरमा बस्दै आएकी थिइन। मंगलवार बेलुकी करिब ७ बजेको समयमा उनीमाथि कुटपिट गरी घाटी थिचेर हत्या गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या पछि शवलाई पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ। प्रहरीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads