search

spot_img
spot_img

जातीय छुवाछुत दक्षिण एशियाली मुलुकहरुको साझा समस्या– पाण्डे

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज २१ जेठ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जातीय छुवाछुत र भेदभाव विद्रोहविना अन्त्य नहुने बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलनको २०औं राष्ट्रिय दिवसको अवसरमा वीरगंजस्थित क्लासिक बैंक्वेटमा आयोजित गोष्ठीमा बोल्दै उनले गाउँँघरमा अझै पनि साना जात भनिने समुदायले छोएको पानी नचल्ने, यज्ञ वा धार्मिक अनुष्ठानमा सहभागी हुन नपाउनेजस्ता व्यवहार कायम रहेकोप्रति चिन्ता व्यक्त गरे । उनले जातीय छुवाछुत केवल नेपालको मात्र नभई भारत, बंगलादेश, पाकिस्तान, भुटान, म्यानमारलगायत दक्षिण एसियाली मुलुकहरूको साझा समस्या भएको बताए । यसको अन्त्य गर्न राज्य र सरकारले अग्रसर भूमिका लिनुपर्नेमा उनले जोड दिए। नेकपा (एकीकृत समाजवादी) पर्सा अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा गणेश बिक, रामचन्द्र साह, मनोज चौधरी, सुशील हजारा, किशोरी कुशवाहा, दलित मुक्ति संगठनका सचिव बृजलाल पासवान, दलित अगुवा प्रभु हजारा, रामरूप राम, दलित जनजाति पर्साका संयोजक नीला राम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जातीय भेदभाव विरूद्ध ऐक्यबद्धता जनाउँदै, कानुनी कार्यान्वयन, जनचेतना अभिवृद्धि र सामाजिक रूपान्तरणका उपायहरूबारेमा छलफल गरिएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads