search

spot_img
spot_img

नगरप्रमुख सिंह श्रीसाहेब बाबा धाम महोत्सवमा सहभागी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ जेठ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह भारत बिहारको सिसवन ग्याँसपुरमा आयोजित श्री साहेब बाबा धाम महोत्सवमा सहभागी हुनुभएको छ । आफ्ना गुरू श्री साहेब बाबाको स्मृतिमा आयोजित यस धार्मिक, सांस्कृतिक र सामाजिक महोत्सवमा सिंह प्रत्येक वर्ष सहभागी हुँदै आउनु भएको हो । श्री साहेब बाबा धामलाई केवल गुरूको स्थल मात्र नभएर आस्थाको केन्द्र नगरप्रमुख सिंहले मान्नुहुन्छ । महोत्सवमा सहभागीतापछि उहाँले श्री साहेब बाबा धाम मेरो गुरूको स्थल मात्र नभएर आस्थाको केन्द्र रहेको र प्रत्येक वर्ष महोत्सवमा यहाँ पुग्नु आत्मिक सन्तुष्टि र प्रेरणाको स्रोत भएको बताउनुभयो । यस वर्षको महोत्सवमा धार्मिक प्रवचन, भव्य झाँकी, आरती, तथा साधना सत्रहरू आयोजना गरिएको थियो । महोत्सवको पूर्वसन्ध्यामा सम्पन्न आरती तथा पूजा कार्यक्रममा समेत सिंहको उपस्थिति थियो। देश–विदेशबाट आएका सयौं साधु–सन्त र श्रद्धालुहरूको उपस्थितिले यस कार्यक्रमलाई झनै भव्य बनाएको थियो। प्रमुख सिंहले यस अवसरमा आफ्नो श्रद्धा र समर्पण प्रकट गर्दै यस पावन स्थलमा आउँदा आध्यात्मिक ऊर्जा मिल्ने र गुरूका उपदेशहरू जीवनका लागि प्रेरणादायी हुने बताउनुभयो । धामका महामणडलेश्वर श्रीश्री १००८ श्री देवेन्द्र दास जी महाराजको सानिध्यमा कार्यक्रम सम्पन्न भएको हो । भारत र नेपाल दुबै देशका श्रद्धालुहरूको आस्थाको केन्द्रका रूपमा स्थापित श्री साहेब बाबा धाम।ंमा हरेक वर्ष आयोजित महोत्सवले धार्मिक एकता, सांस्कृतिक सम्बन्ध र सामाजिक सद्भावलाई थप सुदृढ बनाउँदै आएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads