search

spot_img
spot_img

‘तराई–मधेश समृद्धि कार्यक्रममार्फत विकास अघि बढाएका छौँ’-मन्त्री गुप्ता

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

पर्सा, २५ जेठः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले तराई–मधेश समृद्धि कार्यक्रममार्फत मधेशका विभिन्न जिल्लामा विकास निर्माणका काम अघि बढाउँदै आएको बताउनुभएको छ ।
आज यहाँ सखुवाप्रसौनी गाउँपालिका–५ मा ढलान सडकको शिलान्यास गर्दै उहाँले सीमान्तकृत समुदायको विकास र समृद्धिका लागि आफू लागिपरेको बताउनुभयो ।
मन्त्री गुप्ताले भूमिहीन र विपन्न समुदायको जीवस्तर उकास्नका लागि आवश्यक काम भइरहेका बताउनुभयो । यस्ता कार्यक्रमले यहाँका समुदायको हित संरक्षण र संवर्द्धन हुने अपेक्षा राखिएको उहाँको भनाइ छ । मन्त्री गुप्ताले आज पटेर्वासुगौली गाउँपालिका–४ मा रु ४५ लाखको लागतमा निर्माण हुने ढलान सडकको समेत शिलान्यास गर्नुभयो ।
आजै उहाँले पटेर्वासुगौली गाउँपालिकामा नै निर्माणाधीन खेलकुद मैदानको पनि शिलान्यास गर्नुभएको छ । तराई मधेश समृद्धि कार्यक्रम मधेशका विभिन्न जिल्लामा सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल, कल्भर्ट, सुकुम्वासी सामूहिक आवास, विभिन्न जातजातिका संस्कृति संरक्षणका लागि सामुदायिक भवनलगायत संरचना निर्माण भइरहेका छन् । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads