search

spot_img
spot_img

बहुदरमाईमा लागुऔषध सम्बन्धी कार्यक्रम सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज,२५ जेठ  ।
पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकामा लागुऔषधविरुद्ध जनचेतनामूलक तालिमको आयोजना गरिएको छ। तालिम बहुदरमाइ नगरपालिका र पर्सा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा नागरिक सुनुवाइ तथा तालिमको आयोजना गरिएको हो। नगरपालिकाको सभा हलमा आयोजित तालिममा प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिममा नगरपालिकाका राजनीतिक सल्लाहकार बिपीन यादवले बहुदरमाइ क्षेत्रमा विशेषगरी कम उमेरका किशोर–किशोरीहरु लागुऔषधको लतमा फसिरहेको गम्भीर गुनासो राखेका थिए। “सानो उमेरका बालकसम्म यसमा फसिरहेका छन्, अब पनि हामी सचेत नभए भविष्य गम्भीर हुन सक्छ,” उनले भने। उनले प्रहरीसहित सबै पक्ष सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याएका थिए। साथै यादवले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुदर्शन अर्याललाई नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउँदा सर्वसाधारणले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका थिए। स्थानीयको गुनासोको जवाफ दिँदै सिडिओ अर्यालले नागरिकले उठाएका समस्याप्रति प्रशासन गम्भीर रहेको उल्लेख गर्दै तत्काल समाधानको प्रतिबद्धता जनाए।

“जिल्ला प्रशासन कार्यालयमा काम गराउन जाँदा कुनै समस्या आयो भने मलाई सिधै फोन गर्नुस्, म तुरुन्त समाधान गर्छु,” उनले भने। यसै कार्यक्रममा पर्सा प्रहरी प्रमुख गौतम मिश्रले लागुऔषध सेवनकर्ताविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिए। उनले भने, “तपाईंहरूसँग सूचना छ भने दिनुस्, सेवनकर्तालाई कारबाही गर्ने जिम्मा मेरो हो।” तालिममा सहभागिहरुले लागुऔषधको दुरुपयोग नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वय आवश्यक रहेको बताएका छन्। कार्यक्रममा उपमेयर सुष्मा कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवसहित वडाध्यक्षहरुको सहभागिता थियो ।कार्यक्रमको अध्यक्षता बहुदरमाइ नगरपालिकाका प्रमुख सिंगासन साह तेलीले गरेका थिए।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads