search

८० जना महिलाहरू जनमत पार्टीमा प्रवेश

पढ्न छुटाउनुभयो ?

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ माधोपुरमा एकैदिन ८० जना महिलाहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी पर्साका जिल्ला सदस्य अनिता रामको पहलमा आयोजित कार्यक्रममा महिलाहरूले पार्टीको सदस्यता ग्रहण गर्दै सामाजिक रुपान्तरण र राजनीतिक सहभागितामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस अवसरमा कलिता देवी रामको अध्यक्षतामा ४१ सदस्यीय महिला टोल समिति समेत गठन गरिएको छ, जसले स्थानीयस्तरमा पार्टीको सांगठानिक सुदृढीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।

जनमत पार्टीले महिलाहरूको सहभागिता र नेतृत्व विकासमा जोड दिँदै आएको सन्दर्भमा यो पार्टी प्रबेशले पार्टीभित्र महिला सशक्तिकरणको अभियानलाई थप उर्जा दिने विश्वास गरिएको जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चाैधरीले वताए ।
कार्यक्रममा केन्द्रिय सदस्य ई.राहुल रौनियार ,प्रदेश सदस्य बृजेस्वर चौधरी ,महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता ,पालिका अध्यक्ष सुनिल मुखिया, युवा वीरगन्ज अध्यक्ष संजय सिह लगायत को उपस्थिति रहेको थियो।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads