search

सशस्त्रको विपद् सम्बन्धी तालिमको वीरगंजमा शुभारम्भ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.वा. पर्साको आयोजनामा तथा वीरगंज महानगरपालिकाको संयोजनमा २१ दिने “समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम” वीरगंजमा शुरु गरिएको छ।

तालिमको उद्घाटन महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका हुन्। कार्यक्रमका विशेष अतिथिमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, आदर्शनगर ग्रिनसिटी सेवा केन्द्र वीरगंजका अध्यक्ष जयप्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल तथा रेडक्रस जिल्ला शाखा अध्यक्ष बृजकिशोर पटेललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति राधेश्याम धिमालले गरेका थिए।

तालिममा वीरगंज महानगरका विभिन्न वडाबाट ३० जना समुदायस्तरीय स्वयंसेवक सहभागी छन्। मन्सुन तथा अन्य प्राकृतिक र मानवजन्य विपद्‌का समयमा प्रभावकारी उद्धार तथा राहतमा समुदायको सक्रियता बढाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी एंम सप्रनाउ देवेन्द्रबहादुर सिंहले बताए ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads