search

spot_img
spot_img

वीरगंजको खानेपानीको टेण्डर साउनमा अघि बढछ–मन्त्री यादव

पढ्न छुटाउनुभयो ?

वीरगंज,२६ जेठ ।
खानेपानी मन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगंजमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर प्रक्रिया शुरु गरिने बताएका छन् । सोमबार खानेपानी मन्त्रालयमा आयोजित विशेष छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले वीरगंज महानगरपालिकाको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालन गरिने १२ मध्ये पहिलो चरणमा कम्तीमा ६ वटा आयोजनाको निर्माण कार्य शुरु गरिने स्पष्ट पारे ।

मन्त्री यादवले भने, एडिबीको ऋण सहयोगमा सञ्चालन हुने खानेपानी आयोजनाका लागि थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर प्रक्रिया अघि बढाउने छौँ । यसका लागि सम्बद्ध निकायबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाइनेछ ।” उनले वीरगंजका नागरिकको जीवनस्तर उकास्न खानेपानी र ढल व्यवस्थापनमा ठोस पहल आवश्यक रहेको उल्लेख गर्दै खानेपानी मन्त्रालय, वीरगंज महानगरपालिका र अन्य सरोकारवालाहरूको संयुक्त प्रयासबाट सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे । कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल लगायत उच्चस्तरीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads