search

spot_img
spot_img

ट्राफिक सप्ताहको पाँचौं दिन

पढ्न छुटाउनुभयो ?

वीरगंज,२६ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह–२०८२ अन्तर्गत सोमबार पाँचौँ दिन वीरगंज–२१ परवानीपुर क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए । उनले ट्राफिक सप्ताहको उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउनुका साथै वातावरण संरक्षणमा समेत योगदान पु-याउनु रहेको बताए ।

उनका अनुसार आगामी दिनहरूमा वीरगंजका विभिन्न क्षेत्रमा अझ प्रभावकारी ट्राफिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ । कार्यक्रममा ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, नेपाली कांग्रेसका नेता हबिब मिया, समाजसेवी विजय गुप्ता, बारा इँटा व्यवसायी संघका अध्यक्ष ओमप्रकाश यादव, युवा नेता ज्ञानेन्द्र मण्डल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । करीब २०० जनाको सहभागिता रहेको कार्यक्रममा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ । यस कार्यक्रमबाट हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास लिइएको छ । कार्यक्रममा परवानीपुर ट्राफिक प्रहरी बिटका इन्चार्ज इन्द्र मगरको पनि उल्लेखनीय उपस्थिति थियो ।

यसै सन्दर्भमा ट्राफिक सप्ताहको पाँचौँ दिन वीरगजस्थित ब्राइट पब्लिक स्कूल र मुनलाईट ंस्कूलका विद्यार्थीहरूले पनि सक्रिय सहभागिता जनाए । उनीहरूलाई व्यस्त चोकहरूमा खटाएर पैदल यात्रुलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सहि दिशा र सडक पेटीबाट हिँड्न प्रेरित गरिएको थियो। विद्यार्थीहरूले ट्राफिक शिष्टाचारसम्बन्धी पर्चा तथा पम्पलेट वितरण गर्दै सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराएका थिए। आयोजकका अनुसार, यस्ता जनमुखी तथा व्यवहारमैत्री कार्यक्रमहरूले नागरिकमा ट्राफिक नियमप्रतिको चेतना बढाउने र सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। ट्राफिक सप्ताहका बाँकी दिनहरूमा समेत थप जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिइएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads