search

कलैयामा जारी भेट्रान्स फुटबल : आरम्भ वीरगञ्ज अन्तिम चारमा

पढ्न छुटाउनुभयो ?

जेठ २९ गते, बिहीबार बाराको सदरमुकाम कलैयास्थित सिद्धेश्वर खेलमैदानमा जारी दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगितामा आरम्भ भेट्रान्स वीरगञ्जले सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ। आज सम्पन्न खेलमा आरम्भले निजगढ नेट्रान्स क्लबलाई ३-२ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
खेल निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ दुबै टिमले आक्रामक खेल प्रदर्शन गरे। अन्ततः आरम्भ वीरगञ्जको सामूहिक रणनीति र उत्कृष्ट खेल कौशलले टोलीलाई सेमिफाइनलसम्म पुर्‍यायो।
प्रतियोगिताको दोस्रो खेलको औपचारिक उद्घाटन कलैया फुटबल क्लबका अध्यक्ष अजय कुमार साहको अध्यक्षतामा सम्पन्न भयो। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पसां जिल्ला फुटबल संघका उपाध्यक्ष तथा युनिटी युथ क्लबका अध्यक्ष हेमन्त चौरसिया उपस्थित थिए।
त्यसैगरी, कलैया जेसिजका संस्थापक, तवा सखी महिलाको साथी संस्थाका संस्थापक अनिल कुशवाहा, र कलैया फुटबल क्लबका पूर्व खेलाडी राजदेव चौधरीले संयुक्त रूपमा रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको सुरुवात गराएका थिए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads