search

spot_img
spot_img

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएपछि दुई जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं २२ ड्राइपोर्ट सडकखण्डस्थित सिताराम चोकमा शुक्रवार बिहान भएको भारतीय नम्बरको बिग्रिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर रूपमा घाइते भएका छन् । भुसा लोड गरी बिग्रेर रोकिएको भारतीय ट्रक (एच आर ५५ के ३९७१) मा पछाडिबाट आएको मोटरसाइकल (बागमती प्रदेश ०३ ००४ प ८६१२) ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । दुर्घटनामा पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ झलमैया निवासी राम शरण यादवका छोरा २३ वर्षीय रामाकान्त यादव र सुसराम यादवका छोरा २३ वर्षीय विजय यादव घाइते भएको र उनीहरूको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिप्रका, पर्साले जनाएको छ । दुर्घटनामा सोही ठाउँका मनिका राउत अहिरका छोरा २२ वर्षीय विजय कुमार यादव घाइते भएका छन्, उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads