search

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता

पढ्न छुटाउनुभयो ?

बैङ्कक, ३० जेठ : थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य भएको थाई विमानस्थल प्राधिकरणले जनाएको छ ।
लन्डन जाने एयर इन्डियाको यात्रु जेट भारतको अहमदाबाद सहरमा दुर्घटना भएको एक दिनपछि यो घटना आएको हो । अहमादाबाद विमान दुर्घटनामा कम्तीमा दुई सय ६५ जनाको मृत्यु भएको थियो ।
थाइल्यान्डको विमानस्थलले फुकेटका लागि आफ्नो फेसबुक पेजमा एयरबस ए ३२० का पाइलटले एयर ट्राफिक कन्ट्रोललाई बमको धम्कीको सन्देश विमानमा फेला परेको रेडियो प्रसारण गरेको बताए ।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले फुकेट उडानले उडान भरेको लगत्तै अन्डमान सागरमाथि यू–टर्न लिँदै त्यसपछि अवतरण गर्नुअघि टापुको तटबाट धेरै पटक परिक्रमा गरेको देखाएको छ । (रासस/एएफपी)
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads