search

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

पढ्न छुटाउनुभयो ?

धनुषा, ३० जेठः मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको सांसद पद निलम्बनमा परेको जानकारी दिनुभयो ।
कुशवाहाको निलम्बनसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धानको पत्र सभामुख मण्डलले सभासमक्ष पढेर सुनाउनुभएको थियो । उहाँ बिहीबार काठमाडौँको अनामनगरबाट पक्राउ पर्नुभएको थियो । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उहाँ महोत्तरी निर्वाचन क्षेत्र नं ४ (२) बाट निर्वाचित हुनुभएको थियो ।
कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी समितिको रकम निजीसचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको रकम आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सचिव कायस्थ महोत्तरीबाट केही दिनअघि पक्राउ परेका थिए ।
यसअघि सांसद दीपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बन भइसकेका छन् । सांसदद्वय कुशवाहा र शर्मा महोत्तरीबाट र सांसद ठाकुर धनुषाबाट प्रदेश सांसदका रूपमा निर्वाचित हुनुभएको थियो । रासस
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads