search

spot_img
spot_img

विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,३० जेष्ठ । विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियशन वीरगंज, पर्साको आयोजनामा रक्तदान सम्बन्धी समस्याहरूको समाधान विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एसोसियशन वीरगंजका अध्यक्ष शत्रुघन नेपालको अध्यक्ष्Fतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा सभापति बृजकिशोर पटेल, मन्त्री बिनोद गिरी, निशान्त लामिछाने लगायतले रक्तदानको क्षेत्रमा देखिएका समस्या, रक्तसंचारको व्यवस्था, सुरक्षा मापदण्ड, जनचेतना अभिवृद्धि, रक्तदाता अभिलेख व्यवस्था लगायत महŒवपूर्ण विषयमा छलफल गरिएको थियो । यसैगरी विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मेडिसिटी वयोधा अस्पताल वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लक्ष्मीदेवी, नौसाद आलम, सुरेन्द्र साह, बिनोद आले मगर, अनिल साह, विजय कुमार, नन्द किशोर साह, प्रकाश यादव, श्याम चौधरीलगायत २९ जनाले रक्तदान गरेका थिए । वडा नम्बर २३ का अध्यक्ष अवध किशोर प्रसाद कुशवाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता नेपाल मेडिसिटी वयोधा अस्पताल वीरगंजका संचालक विजय रिमालले गरेका थिए । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिकहरू मनिष कुमार गुप्ता, समीर आलम, सन्तोष साहले प्राविधिक सहयोग पु¥याएको नेपाल रेडक्रस सोसाइटी रेश्मकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस् -प्रहरी निरीक्षक चौलागाई

वीरगञ्ज २८ साउन । मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज...

सम्बन्धित खबर

- Advertisement -neelambads