search

अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गरेका १८७२ जना व्यवसायीलाई कारबाही

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, ३१ जेठः गुणस्तर तथा नापतौल कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ८८१ वटा व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नयाँ नापतौल यन्त्र र अनुमतिपत्र प्रदान गरेको छ ।
अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गरेका एक हजार ८७२ जना व्यवसायीलाई कारबाही गरेको छ । उनीहरुले आफूखुसी ढक तथा तराजु र ‘डिजिटल’ नापतौल यन्त्रको प्रयोग गरेका थिए । उनीहरूलाई कारबाही गरेर कानुनको दायरामा ल्याइएको उक्त कार्यालयका प्रमुख सुनील यादवले बताउनुभयो ।
दश महिनामा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको तथा सर्लाही, महोत्तरी एवं रामेछापमा नापतौल यन्त्रको प्रयोग, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी जानकारी गराइएको छ । सो अवधिमा रु ४१ लाख १२ हजार ८४० राजस्व सङ्कलन भएको जानकारी उहाँले दिनुभयो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads