search

पाँचथरको हेवाखोला पुल दुर्घटना : सांसद योगेश भट्टराईद्वारा राहत र पुनर्निर्माणको माग

पढ्न छुटाउनुभयो ?

काठमाडौं । पाँचथरको हेवाखोला क्षेत्रस्थित निर्माणाधीन बेलिब्रिज भत्किँदा ज्यान गुमाएका तीन जनाको परिवारलाई राहत दिन तथा पुलको पुनर्निर्माण तत्काल गर्न सांसद योगेश भट्टराईले सरकारसँग माग गरेका छन्।
शनिबार भएको दुर्घटनामा सिमरा उपमहानगरपालिका निवासी रुपालाल चौधरी, राकेश चौधरी र राजन चौधरीको ज्यान गएको थियो। सो दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ।
प्रतिनिधिसभामा आवाज उठाउँदै सांसद भट्टराईले घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न र मृतक परिवारलाई राहत उपलब्ध गराउन माग गरे।
उनले दुर्घटनाले हेवाखोला क्षेत्रका बासिन्दाको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै पुल नहुँदा यातायात तथा उपभोग्य सामान ढुवानीमा गम्भीर समस्या आएको बताए।
“मनसुनको सुरुवात भइसकेको छ, यस अवधिमा सम्भावित बाढी र पहिरोको जोखिम पनि बढेको छ,” भट्टराईले भने, “यसकारण सरकारले तुरुन्तै पूर्वाधार मर्मत तथा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्छ।”
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads