search

कुटपिट गरी हत्या गरेको आरोपमा चारजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले कुटपिट गरी हत्या गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका १४ बघवनमा पुरानो रिसइबीका कारण भएको कुटपिटबाट सोही ठाउँ निवासी ५० वर्षीय नन्दु राउत कुर्मीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । गत जेठ २९ गते साँझ करिब ६ः१५ बजे कुर्मीलाई सोही स्थानका ४० वर्षीय उमेश जैसवालसहित ६ जना व्यक्तिहरूले सामूहिक आक्रमण गरेका थिए । गम्भीर घाइते भएका कुर्मीलाई उपचारकालागि तत्काल प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो । उनको मृत्यु साँझ ७ः२० बजे भएको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न रहेको आरोपमा सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरेको थियो । उनलाई ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । फरार रहेका अन्य अभियुक्तहरूको खोजीका लागि प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले बुधवार थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमेश जैसवालकी श्रीमती ३८ वर्षीय रन्जु जयसवाल, २० वर्षीय छोरा सुमित जैसवाल र १८ वर्षीय छोरा सुजित कुमार जैसवाल रहेका छन् । लुकिछिपि बसेको अवस्थामा प्रहरीले उनिहरूलाई पक्राउ गरेको हो । प्रहरीले रन्जु जैसवाललाई कलैया उपमहानगरपालिका–५ मा सागर लामिछानेको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो भने उनका छोरा सुमित र सुजितलाई पर्साको वीरगंज महानगरपालिका १ शान्ति टोलमा बसिर मियाँँको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएका छन् । सो घटनामा संलग्न अन्य फरार आरोपितहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads