search

मानव बेचबिखन आशंकामा एक पुरुष नियन्त्रणमा, चार महिलाको उद्धार

पढ्न छुटाउनुभयो ?

वीरगंज ४ असार ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण पर्साअन्तर्गत बीओपी ठोरीबाट खटिएको गस्ती टोलीले मानव बेचबिखनको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिई चार जना महिलालाई उद्धार गरेको छ।

मंगलबार बिहान करिब ११ः४५ बजे सशस्त्र प्रहरी निरीक्षक प्रेम कुमार राउतको कमाण्डमा खटिएको ५ जनाको पैदल टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका–२, ठुटेखोला क्षेत्रमा नेपालबाट भारतको भिखनाठोरी बजारतर्फ जान लागेको अवस्थामा चार जना महिलालाई रोकी सोधपुछ गर्दा उनीहरू भारतको दिल्ली हुँदै कुवेत र ओमान जान लागेको बताएका थिए।

सोही क्रममा महिलाहरूलाई दिल्लीसम्म लैजाने कार्यमा संलग्न रहेको बताइएको चितवन जिल्लाको माडी नगरपालिका–८, खर्कटा बसोबास गर्ने अन्दाजी ४१ वर्षीय दीपक खड्कालाई समेत राहदानीसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त घटना मानव बेचबिखनसँग सम्बन्धित हुनसक्ने आशंकामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि दीपक खड्का र चार जना महिलालाई इलाका प्रहरी कार्यालय ठोरीमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads